कोरोनाको मारमा बक्सिङ्ग खेलाडी ,ठुलो प्रतियोगिता गुमाउने सम्भावना
कपन अनलाइन
काठमाण्डौ , जेष्ठ ७।
एशियाको सबैभन्दा ठूलो बक्सिङ्ग प्रतियोगिता ASBC Elit Men WomenÚs Boxing championship 2021 मा नेपालको सहभागिता अनिश्चित बनेको छ।
यस अघि डिल्लीमा आयोजना हुने भनिएको प्रतियोगिता भारतमा बढेको कोरोना महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको अवस्थामा कोरोना महामारीका कारण सहभागिता अनिश्चित बनेको नेपाल बक्सिंग संघले प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
यही मे २४ तारिख देखि ३१ तारिख सम्म संयुक्त अरब इमिरेट्सको दुबइ शहरमा हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले २०७७ चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपामा १५ तौल समुहमा खेलाडी छनोट गरि उत्कृष्ट ७ जना खेलाडी (महिला २ जना र पुरुष ५ जना)सहभागी गराउने निर्यण अनुरुप विगत दुई महिना देखि लगातार प्रशिक्षणको व्यवस्था गरेको थियो ।
सबै खेलाडीहरुको पि. सि. आर. परिक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराई विगत ३ हप्ता देखि होटलमा राखि हाल सम्म बन्द प्रशिक्षण संचालन गर्दै आइरहेकोमा नेपालमा विद्यमान कोरोना भाईरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिताको अवसर न्युन बनेको हो ।
नेपाल बक्सिङ्ग संघले विभिन्न एयरलाइन्ससंग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन नआएको जानकारी दिदै सहयोगका लागि अनुरोध गरेको छ ।