Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/mahes-.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रास्ट्रपतिलाई महाअभियोग लगाउने कुरा गंजडीका गफ जस्तै हुन : नेकपा एमाले नेता महेस बस्नेत

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
नेकपा एमाले नेता महेस बस्नेतले रास्ट्रपतिलाई महाअभियोग लगाउने कुरा गंजडीका गफ जस्तै भएको बताएका छन।
बागमती प्रदेसमा भएको रास्ट्रिय सभा निर्वाचन परिणाम माथि टिप्पणी गर्दै नेता बस्नेतले सामाजिक संजालमा व्यक्त गरेको विचारमा केहीसंचार माध्यम र बुद्धिजीवी सहित विभिन्न नेता तथा दल प्रधानमन्त्री हटाउन लागे पनि केहि नलाग्ने  भन्दै नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै रहेको धारणा राखेका छन।
नेता महेस  बस्नेतले सामाजिक संजालमा व्यक्त गरेको विचार :
राजनीति बिचार र सिद्धान्तको मात्र बिषय होइन। यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो। बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओली बिरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संबिधानको धारा ७६(२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन। एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलिय गठबन्धन बनाउने।
फ्लोर क्रस गराउने, पार्टी व्हिप विरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हर्कत देखाएकै छन। यस्तो हर्कतको परिकल्पना र निर्माण मावोबादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ। च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा बाबुराम र उपेन्द्र घुडा धसेरै लागेका छन भने भित्र भित्रै माधब नेपालले पनि आशिर्वाद दिएकै छन।
आजको परिवेशमा बनेको धारा ७६(३) को सरकारले बिश्वासको मत पाउने स्थिति नदेखिए पछि,सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६(५) को सरकारको लागि आव्हान भएको छ। यो स्वभाबिक संबैधानिक प्रक्रिया हो। यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाइ महा अभियोग लगाउने सम्मका गंजेडिका गफ गरिरहेका छन।
याद होस सक्छौ भने पुर्याउ याएर नयाँ सरकारको दाबी गर। हामी बिपक्षीमा बस्न तयार छौ। नत्र भने संबिधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर।मिडिया र सोसियल मिडियाको रोइलोको कुनै अर्थ छैन।
लोकतान्त्रको विधि र प्रक्रिया भनेको संसदमा जसको बहुमत पुग्छ उसैको सरकार बनाउने होला नि ! तिम्रा रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन सक्छ र ? बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने। जस्ले गोल गर्छ, सिल्ड मेडल उसैले हातपार्छ। नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन सिल्ड मेडल प्राप्त गरिरहनेछन।
तपाइँको प्रतिक्रिया ।