गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय ८५ पुग्यो, कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय ८५ पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं जेठ ७। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ६  गते सम्ममा ७६४  जना पुरुष र ६२१   जना महिला गरि कुल १३सय ८५  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २५ जना पुरुष र १५ जना महिला गरि कुल ४० जना

वडा नं २ मा ३४ जना पुरुष र २५ जना महिला गरि कुल ५९ जना

वडा नं३ मा ४०   जना पुरुष र २१   जना महिला गरि कुल ६१  जना

वडा नं ४ मा १२०  जना पुरुष र ९८ जना महिला गरि कुल २१८  जना

वडा  नं ५ मा  १४३ जना पुरुष र  १११   जना महिला गरि २५४ जना

वडा नं ६ मा १५८ जना पुरुष र १३१ जना महिला गरि २८९ जना

वडा नं ७ मा ५६ जना पुरुष र ५७ जना महिला गरि कुल ११३  जना

वडा नं  ८ मा १४३ जना पुरुष र १२९ जना महिला गरि कुल २७२ जना

वडा नं ९ मा ४५  जना पुरुष र ३४ जना महिला गरि कुल ७९  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २८९ जनामा कोरोना संक्रमित भेटिएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।