गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय २२ पुग्यो वडागत बिवरण सहित
कपन अनलाइन
काठमाडौं जेठ ६। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ५ गते सम्ममा ७३० जना पुरुष र ५९२ जना महिला गरि कुल १३सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २४ जना पुरुष र १५ जना महिला गरि कुल ३९ जना
वडा नं २ मा ३४ जना पुरुष र २५ जना महिला गरि कुल ५९ जना
वडा नं३ मा ४० जना पुरुष र २० जना महिला गरि कुल ६० जना
वडा नं ४ मा ११६ जना पुरुष र ९७ जना महिला गरि कुल २१३ जना
वडा नं ५ मा १३७ जना पुरुष र १०५ जना महिला गरि २४२ जना
वडा नं ६ मा १५० जना पुरुष र १२६ जना महिला गरि २७६ जना
वडा नं ७ मा ५४ जना पुरुष र ५३ जना महिला गरि कुल १०७ जना
वडा नं ८ मा १३३ जना पुरुष र ११८ जना महिला गरि कुल २५१ जना
वडा नं ९ मा ४२ जना पुरुष र ३३जना महिला गरि कुल ७५ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २७३ जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।