गोठाटार स्वास्थ्य चाैकीबाट आइतबार २ सय ९७ जनाले चिनिया भेरोसेल खोपको दोस्रो डोज लगाए

गोठाटार स्वास्थ्य चाैकीबाट आइतबार  २ सय ९७ जनाले चिनिया भेरोसेल खोपको दोस्रो डोज लगाए

कपन अनलाइन 

काठमाडौं,जेठ ३। कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज आइतबार बाट लगाउन सुरु गरिएको  छ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीबाटआइतबार  २ सय ९७ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाएको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी गराइन।आइतबार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाइएको हो। त्यस्तै चैत २९ र ३० गते लगाएकाले जेष्ठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेष्ठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेष्ठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेष्ठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।

यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेष्ठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेष्ठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेष्ठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

तपाइँको प्रतिक्रिया ।