शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७१ पुग्यो, २८ जना संक्रमण जितेर घर फर्किए

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७१ पुग्यो, २८ जना संक्रमण जितेर घर फर्किए

कपन अनलाइन

काठमाडौं,जेठ २ ।शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ  गते सम्ममा ७९ जना महिला र ९२ जना पुरुष गरि कुल १७१  जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ६३ जना महिला र ७३  जना पुरुष गरि १६३ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा  ४ जना पुरुष र ३ जना महिला गरि ७ जनाको कोरोनको कारण मृत्यु भएको छ भने  १३ जना महिला र १५ जना महिला गरि २८ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ५८ जना महिला र ६४  जना पुरुष गरि कुल १२२  जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना महिला र ९ जना पुरष गरि कुल १४ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

कुन वडामा कति संक्रमित?

वडा नं १ मा ६ महिला र ६ पुरुष गरि कुल १२ जना

वडा नं २ मा १ महिला र ४ पुरष गरि कुल ५  जना

वडा नं३ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना

वडा नं ४ मा ८ जना महिला र ६ जना पुरुष गरि कुल १४ जना

वडा नं ५ मा ४ जना महिला र ९ जना पुरुष गरि कुल १३ जना

वडा नं ६ मा २४ जना महिला र १७ जना पुरुष गरि कुल ४१ जना

वडा नं ७ मा १३ जना महिला र ११ जना पुरुष गरि कुल २४ जना

वडा नं ८ मा ३ जना महिला र ६ जना पुरुष गरि कुल ९ जना

वडा नं ९ मा १० जना महिला र १६ जना पुरुष गरि कुल २६ जना त्यसै गरि अन्यमा २ जना महिला र ५ जना पुरुष गरि कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४१ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क को  प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।