दोश्रो डोज चिनिया खोपका लागि गोकर्णेश्वरमा चामुण्डा माबी र नेपाल मेडिकल कलेज खोप केन्द्र तोकिए

दोश्रो डोज चिनिया खोपका लागि गोकर्णेश्वरमा  चामुण्डा माबी र नेपाल मेडिकल कलेज खोप केन्द्र तोकिए

कपन अनलाइन

काठमाडौं जेठ १। दोश्रो डोज चिनिया खोपका लागि गोकर्णेश्वर नगरपालिकामा दुई केन्द्र तोकिएका छन। सो खोपका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ६को चामुण्डा माबी नारायणटार र  गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज क्याम्पस भवनलाइ  खोप केन्द्र तोकिएको हो  । जनस्वास्थ्य मापदण्ड पालना गर्दै १८ देखि ५९ वर्ष उमेर समुहका नागरिकहरुले आफ्नो स्थानीय तह संग सम्पर्क गरेर खोप लगाउनका लागि अनुरोध गर्दै पहिलो  जेष्ठ २ गते देखि चिनिया भेरोसेल खोप अभियान शुरु हुन लागेको हो ।पहिलो मात्राको  भेरोसेल भ्याक्सिन लगाएको प्रमाणित खोप कार्ड अनिवार्य ल्याउनु पर्नेछ।

तपाइँको प्रतिक्रिया ।