गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ९२१ पुग्यो
कपन अनलाइन
काठमाडौं जेठ १। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख ३१ गते सम्ममा ५२५ जना पुरुष र ३९६ जना महिला गरि कुल ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १७ जना पुरुष र ८ जना महिला गरि कुल २५ जना
वडा नं २ मा २९ जना पुरुष र १५ जना महिला गरि कुल ४४ जना
वडा नं३ मा २७ जना पुरुष र १३ जना महिला गरि कुल ४० जना
वडा नं ४ मा ९० जना पुरुष र ६९ जना महिला गरि कुल १५९ जना
वडा नं ५ मा ९७ जना पुरुष र ७० जना महिला गरि १६७ जना
वडा नं ६ मा ९७ जना पुरुष र ८३ जना महिला गरि १८० जना
वडा नं ७ मा ४५ जना पुरुष र ४२ जना महिला गरि कुल ८७ जना
वडा नं ८ मा ९४ जना पुरुष र ७६ जना महिला गरि कुल १६७ जना
वडा नं ९ मा २९ जना पुरुष र २३जना महिला गरि कुल ५२ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी १८० जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।