बुढानिलकण्ठ -१० का युवाहरुको समाजसेवी अभियान : जब युवा सक्रिय तब जनता सुरक्षित

बुढानिलकण्ठ -१० का युवाहरुको समाजसेवी अभियान : जब युवा सक्रिय तब जनता सुरक्षित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का युवाहरुले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि जब युवा सक्रिय तब जनता सुरक्षित अभियान शुरु गरेका छन।

कोरोना प्रकोपको पहिलो चरणमा निशुल्क भोजन संकलन तथा वितरण अभियान संचालन गरेका युवाहरुले दोश्रो चरणमा वडाका विभिन्न स्थानलाई निसंक्रमण गर्ने  तथा विभिन्न सामाग्री वितरण गर्नुका साथै सचेतना मुलक गतिविधि संचालन गरिरहेका छन।

आज छैटौ दिन सम्म निरन्तर जारी रहेको अभियान अन्तर्गत हरेक दिन वडाका बजार तथा अन्य मुख्य चोकहरुमा ५ सय लिटर निसंक्रमण स्प्रे छार्किदै आएका युवाहरुलाई विभिन्न व्यक्तित्वहरुले सहयोग गर्दै आएका छन।

अहिलेको विषम परिस्थितिमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले अभियान शुरु गरेको बताउदै  अभियानका संयोजक विवेक अधिकारीले सो कार्यमा सहयोग गर्ने वडा कार्यालय लगायत सबैलाई धन्यवाद दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।