कोरोना कहरमा सचेत बनौ बुढानिलकण्ठवासी !

कोरोना कहरमा सचेत बनौ बुढानिलकण्ठवासी !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमितहरुको शंख्या दिन दिने निकै बढ्दै गएको छ। बैशाख २७ गते मात्र एकै दिन १०१ जनामा कोरोना संक्रमण देखिएको छ।

नगरपालिकाका कपन क्षेत्रका वडाहरुमा मात्र हाल सम्म सयौको शंख्यामा कोरोना संक्रमित रहेका छन भने अन्य वडाहरुमा पनि दैनिक रुपमा संक्रमितको शंख्या बढ्ने क्रममा रहेको छ।

कोरोना संक्रमितहरुका लागि आइसोलेसन केन्द्रको मागलाई निकै ठुलो श्वरमा उछालिए पनि हाल ति केन्द्रहरुमा एक दर्जन भन्दा कमको शंख्यामा संक्रमित रहेका छन भने अधिकांश होम आइसोलेसनमा रहेका छन।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार  नगरपालिका भित्र २२३ जना महिला र २३८ जना पुरूष गरी कुल ४६१ सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जस मध्ये  ४३६ जना होम आईसोलेसनमा छन् भने  १३ जना पुरुष र १२ जना महिला अस्पतालको आईसोलेसनमा रहेका छन।

त्यस्तै नगरपालिकाका तरकारी बजार ,खाद्यान्न पसल र एन्टीजेन परिक्षण स्थलमा हुने अव्यवस्थित र अनियन्त्रित भिडले गर्दा पनि संक्रमणको दर अझै बढ्ने देखिन्छ भने स्थानीय जनताको लापरवाहीले पनि खतरा निम्त्याउने देखिन्छ।

बुढानिलकण्ठका नगरवासीले घरमा बस्दा स्वास्थ्य मापदण्ड र सुरक्षा विधिमा अपनाउने लापरवाही र विधिले गर्दा पनि भित्र भित्रै संक्रमित बढ्ने खतरा रहेको तर्फ पनि विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

बैशाख २७ गतेको वडागत विवरणः

वडा नं १ :  २ महिला र ४ पुरुष

वडा नं २:  २ पुरूष

वडा नं ३:  २ महिला र ४ पुरुष

वडा नं ४:  ४ महिला र   ५ पुरुष

वडा नं ५:  ७ महिला र ३ पुरुष

वडा नं ६:  २ महिला र  ६ पुरुष

वडा नं ७:  २ महिला र   ५ पुरुष

वडा नं ८:  ८ महिला र  ६ पुरुष

वडा नं ९:  ४ महिला र  १० पुरुष

वडा नं १०:  ९ महिला र  ७ पुरुष

वडा नं ११:  ३ महिला र  ३ पुरुष

वडा नं १२:  २ महिला

वडा नं १३: १ महिला ।

 

तपाइँको प्रतिक्रिया ।