टोखा नगरपालिकामा कोरोना लक्षण देखिएमा अग्रिम नाम दर्ता गर्न सकिने,कहाँ गरिन्छ ?

टोखा नगरपालिकामा कोरोना लक्षण देखिएमा अग्रिम नाम दर्ता गर्न सकिने,कहाँ गरिन्छ ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

टोखा नगरपालिकामा कोरोना लक्षण देखिएमा अग्रिम नाम दर्ता गर्न सकिने भएको छ।  निषेधाज्ञाका कारण परिक्षण केन्द्र सम्म जान समस्या भएका नगरवासीहरुले वसन्त गैरे  (सम्पर्क नं-9858028428) र सन्तोष राज कुँवर(सम्पर्क नं-9848864987) लाइ सम्पर्क गरेर नाम दर्ता गर्न सकिने नगर प्रमुख प्रकास अधिकारीले जानकारी दिएका छन।

टोखा नगरपालिकामा आईतबारप्राथमिक स्वास्थ्य केन्द्र,टोखा,वडा नं २,मगंलबार मनोहर तिर्थ पाटी,वडा नं ११ र  शुक्रबार श्री समाज भवन,वसुन्धारा,वडा नं ५ मा परिक्षण हुदै आएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।