आमा छोडिङमो गाउँपालिका -५ चिलिमेका अत्यावश्यक बाहेकका सेवा बन्द

आमा छोडिङमो गाउँपालिका -५ चिलिमेका अत्यावश्यक बाहेकका सेवा बन्द
कपन अनलाइन
रसुवा ,बैशाख २७/सुजन तामांग (लोपेन )

विश्वभर नयाँ भेरियन्टको कोभिड-१९को महामारी तिब्रा रूपमा फैलँदै गएको र रसुवा आमा छोडिङमो गाउँपालिका -५ चिलिमेमा पनि देखेकोले चिलिमे वडाको वैशाख २६ गते बसेको बैठक को निर्णयअनुसार अत्यावश्यक सेवाहरु बाहेक २०७८/१२/२७गते देखि अर्को सूचना प्रकाशित नभए सम्मका लागि बन्द हुने सूचना जारी गरेको छ।

नजीकमा रहेको हाइड्रो पावर कम्पनीहरुमा धेरै मान्छेहरूको भीडभड हुने र बाहिर बाट कर्मचारी लगायत दुवनी चालकहरुको आवतजावत बढी भएको हुनाले सामाजिक दूरी रही काम गर्न , धेरै आवतजावत नगर्न र गाउँघरमा हुने विवाह ,भोज , सभा सम्मेलन नगरीदिनु हुन वडा अध्यक्ष टाशी छेवाङ तामाङ्गले अनुरोध गरेका  छन

यदि कसैलाई सङ्क्रमण को संका लागेमा वडाका प्रधिनिधीहरुलाई निम्नानुसारको नम्बर मा फोन गर्न समेत आग्रह गरेको छ।

वडा अध्यक्ष टाशी छेवाङ तामाङ्ग९८५१२२८८६४

वडा सदस्य बहादुर तामाङ्ग ९८४१२२३१३२

पेम्बा तामाङ्ग ९८५९१८४०२ नोर्साङ घले

९८६७६७७२८८ ङेरूप घले ९८४३५०८१८२

सचिब छेवाङ तामाङ्ग ९८५१२७४९५४

तपाइँको प्रतिक्रिया ।