शंखरापुर नगरपालिका वडा नं ६ र ७ का कोरोना संक्रमितलाइ स्वास्थ्य सामग्री प्रदान
कपन अनलाइन
काठमाडौं, बैशाख २७। शंखरापुर नगरपालिका वडा नं ६ र ७का कोरोना संक्रमण कारण होम आइसोलेसनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी शंखरापुर नगर कमिटीले प्रदान गरेको आधारभुत स्वास्थ सामाग्री कोभिड भई होम आइसोलेसनमा बसेका बिरामीहरुलाई वितरण गरिएको हो ।
शंखरापुर वडा नं ६ र ७ का वडा अध्यक्ष द्वय राधाकृष्ण श्रेष्ठ र बिष्णु प्रसाद श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामग्री वितरण गर्नुको साथै संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी गराए। उनले हाललाई शंखरापुर नगरपालिका वडा नं ६ र ७मा स्वास्थ्य सामग्री वितरण गरे पनि आगामी दिनमा अन्य नगरका वडाहरुमा पनि वितरण गर्ने योजना रहेको जानकारी गराएका छन ।कोरोनो संक्रमित विरामीको संख्या उच्च दरमा बढीरहेकोले आम नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र बारम्बार साबुन पानीले हात धुन समेत अनुरोध गरेका छन ।