गोकर्ण जगडोलमा आइसोलेसन केन्द्र निर्माणका लागि निखिल उप्रेती र ज्ञानेन्द्र शाहीको पहल

गोकर्ण जगडोलमा आइसोलेसन केन्द्र निर्माणका लागि निखिल उप्रेती र ज्ञानेन्द्र शाहीको पहल

कपन अनलाइन

काठमाडौं, बैशाख २७।   गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन  गरिने भएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाको राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामति(स्मारक)यज्ञडोल(जगडोल)सामुदायिक बन तथा युनेस्को को  निमित्त नेपाल राष्ट्रिय आयोग  सचिवालय युनेस्को सङ्ग्रहालय ग्राम यज्ञडोल (जगडोल)सामुदायिक बन सचिबालय भबन भवनमा आइसुलेसन सेन्टर एबं अक्सिजन थेरापि सेन्टर निर्माणको लागि स्थलगत निरीक्षण गरिएको छ ।

   निरीक्षणमा गोकर्णेश्वर नगरपालिकाकि  उप प्रमुख शान्ति नेपाल , प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य , सामाजिक अभियन्ताहरु  ज्ञानेन्द्र शाही ,कर्ण बहादुर शाही, वरिष्ठ कलाकार निखिल उप्रेती , ,डा .शुभास धिमिरे, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतको उपस्थिति रहेको थियो  ।सामाजिक  अभियन्ताहरुले गोकर्णेश्वर नगरपालिका संगको साझेदारीमा नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य गर्न लागेको हो    ।  उक्त स्थानमा कोरोना कहरको पहिलो चरणमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले लायन्स आइसोलेसन केन्द्र संचालन गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।