“पीडित तब विद्रोह गर्छिन”

“पीडित तब विद्रोह गर्छिन”

कपन  अनलाइन 

काठमाडौं .बैशाख २६ / अमर  प्रकाश तिवारी

भित्र के भइरहेको छ हेर्ने या बुझ्न या अझै भनु भेट्न पनि पाइँदैन । जे बुझाउँछन त्यो बुझ्ने हो भने, जे भन्छ्न सुन्ने मात्र हो । चिटमा जे लेखिदिन्छन ल्याउने हो, शुल्क भन्छन तिर्ने हो, त्यसपछि बस चुपचाप ढोकामा कुर्ने । अरू कुनै विकल्प छैन । दिन बित्दै छ, यो बिरानो ठाउँमा न आफ्ना कोही छन् न भित्रका (अस्पताल परिसरमा) कोही आफ्ना भए। आज हप्तौं दिन सम्म पनि केही खबर छैन । उस्तै छ, उही खबर छ, त्यस्तै छ । भेट्न या कुरा गर्न पाइँदैन । हेर्न समेत पाइएको छैन । दिनमा 8/10 पटक त्यही चिट दिन्छ दौडिएर मेडिकलमा जाने चिट अनुसारको औषधि किन्ने, एक झोला जती हुन्छ, अनि त्यही ढोका को पालेलाई आफ्नो बिरामीको नाममा दिने, अनि उसले लगिदिन्छ, हामीले त्यही कुरो विश्वास गर्ने । तर उसले त्यो कहाँ लान्छ त्यो हेर्न या बुझ्न भने पाइँदैन ।

बस फेरि त्यही ठाउँमा बस्ने, चिया, तातो पानी, जाउलो, सुूप जे भन्छन् लगिदिने, त्यही ढोकामा, त्यही पाले दाई लाइ दिने हो । उसैले लगि दिन्छ । लान न लान्छ तर कहाँ लान्छ भन्ने, त्यही पालेदाई मात्र थाहा छ । औषधि पसल, बिरामी कुरुवा ठाउँ, पाले दाई तल माथि आउने जाने त्यसरीनै हप्तौं बित्यो, तर के भो, के हुँदै छ, सुधार भयो भएन केही जानकारी छैन । भित्र बाट एब्रोन ( डाक्टरले लागाउने सेतो लुगा) लगाएका एकहुल बाहिर निस्किन्छन् । सुन्नुहोस त अलि अलि सुधार आएको छ अब केही दिनमै भेट्ने मिल्छ है, अलि केटाकेटी जस्तो देखिने एकजनाले उनलाई बुझाए ।हामीले गर्नु पर्ने सबै गरेका छौं, अरु कुरो भगवान भरोसा। ती नवजवान डाक्टर यति के भन्दै थिए उनी अतालिदै सोध्न पुग्छे के ….चाहिँ भएको… हो डा..। कुरो पूरा हुन नापाउँदै त्यही हुल बाट एब्रोन नलगाउने फुच्ची जस्तै देखिने तर उमेर अलि छिप्पिएको केटिले, भन्छिन्, डाक्टरले भन्नु भयौ त अब केदिन मै ठीक हुन्छ भनेर ।
उनी पुनः मुख्य डाक्टर पट्टी फर्केर सोध्ने खोज्दै छे .. मेरो श्रीमान् लाई भएको के हो । लगभग पाँच दिन भन्दा बढी नै भइसकेको छ, भेट्न बुझ्न पाइन हजुर .. । अत्यन्तै आग्रह र विनम्र प्रस्तुतिकरण लाई पुनः उही बिना एब्रोन वाली भन्छिन्, आतिनु पर्ने केही छैन । एक दुई दिनमा ठीक हुन्छ है ।अहिलेलाई यो औषधि थप्नु पर्ने छ, छिटो लिएर आउनुस् । त्यही एब्रोन नलगएकी फुच्चीले दिएको चिट हातमा लिँदै उनी पुनः उही केटाकेटी जस्तो देखिने डाक्टरलाई नै सोध्ने कोसिस गर्छे । जिउ डाल यसो हेर्दा डाक्टर जस्तो त्यही ठिटो केटो देखिन्थ्यो। हुल डाक्टरहरुलाई अरु बिरामी कुरुवाहरुले घेरिए आआफ्नै बिरामीको बारेमा सोध्न खोज्दा उनी ओझेलमा पर्न गइन्। हातमा थपाएको चिट बोकेर उनी मेडिकल तिर लागिन् ।
आफूले सोधेको राम्रो जवाफ दिँदैनन्, सोध्नु पर्ने थुप्रै कुरो छन्, खै के के । लौ अब ओखती लाग्नु पर्ला, के भएको नै थाहा पाइएन । नयाँ रोग आएको छ भन्छन्, सायद त्यही हो कि, त्यो रोग लाग्यो भने भेट्न छुन हुन्न भन्छन, खै त्यही भएको कि? उनलाई खासै चित्त बुझ्ने उपचार भए जस्तो पनि लागेन । बग्दै गरेको पसिना पुस्दै दौडाइ र साताैं दिन सम्मको अस्पतालको बसाइँ ले गलिसकेकी थिइन् । के को उपचार हुँदै छ, के गर्दै छन् केही अत्तो पत्तो छैन । खर्च माथी खर्च भएको छ। त्यो केटाकेटी जस्तो देखिने डाक्टरलाई भेटेर सोध्ने विचारले उनी छिटो औषधि लिएर फर्किन्छन्। उनीलाई त वास्तवमा कुन डाक्टर हुन कुन ले उपचार गर्दै छन्, के अबस्था छ भन्ने नै जानकारी छैन । त्यही केटाकेटी जस्तै देखिने डाक्टरले नै उनको श्रीमानको उपचार गरेको अनुमान लगाउँछन् । तर पनि उनी अन्यौलमा लगातार उपचार गराउँदै छिन, जति भने त्यति नै पैसो तिरेर, जे भने त्यही गरेर, जसरी भने त्यसरी नी । खर्च पनि कति भइसक्यो, कति ऋण लागि सक्यो, अब कति हुने हो, सबै अन्यौल नै आवस्थामा दौडिरहेको छिन ।
औषधि लिएर फर्किदै गर्दा बाटोमा अचानक उही एब्रोन नलगाउने फुच्ची डाक्टरलाई हिँड्दै गरेको भेट्छिन । भित्रै देखि डाक्टर जस्तो नदेखेर होला, सायद त्यति सोध्न मन गर्दिनँ । तैपनि पीडा को आवस्थामा मर्नु भन्दा बौलाउनु ठीक भन्ने उक्ति सम्झिदै सोध्छिन् । डाक्टर म त्यही आइसियू वार्डको बिरामीको श्रीमती हजुर, अघि राम्रो कुरो गर्न पाइन । पाँचदिन भइसक्यो, केही कुरो नै बुझ्न सकिन । के भएको मेरो श्रीमानलाई, अलि बुझ्ने गरी बताइदिनुस् न, …के भन्ने म त आजित भए, जिउँदै छन कि, … के छ… बुझ्नै सकिन, हजुर ? अकमक्क पर्दै डाक्टर केही सम्झे जस्तै गरी भन्छिन् । आतिनु पर्ने त्यस्तो केही छैन, मैले नै हेरेको बिरामी हुनुहुन्छ, त्यसैले त्यस्तो आत्तिहल्नु पर्ने छैन । केही सम्झे झैं गरी… अ.. आहिले उहाँ खतरा मुक्त हुनु हुन्छ, सायद भोलि बाट हामी जेनेरल वार्ड मा सारर्छौं, त्यसपछि सहज हुन्छ है। खासमा त्यो डाक्टरले भनेको कुरो उनले खासै ध्यान दिएनन्, यद्यपी छोटो मुस्कान साहित धन्यवाद दिँदै हतारोमा उनी औषधि पुर्याउन आइसियु वार्ड तिर लागिन् ।
एब्रोन लगाएको केटाकेटी जस्तै देखिने डाक्टरलाई उनले दुई तीन वटी केटीको बीचमा देखिन । हास्याङ फस्याङ गर्दै नजिकै गएर पूर्ण साष्टाँग दण्डवत् मुन्द्रमा उनले डाक्टरलाई सोधिन् हजुर त्यो आइसियु वार्डमा भएको बिरामी मेरो श्रीमान हुन, वास्तवमा के भएको हजुर । सात दिन भयो, न भेट्ने पाए न कुरो बुझ्न, न उपचार के सम्बन्धी हुँदै छ भन्ने जानकारी छ, न त अब के कती खर्च लाग्ने भने अनुमान नै.. हजुर, उनी आतिदै सोध्छिन् हैन..के भएको हो उहाँलाई । प्रसङ्ग अर्कै थियो त्यहाँ, रोमाञ्चित गफ चल्दै थियो सायद, तर अचानक यो यसरी बीचमा अवरोध गरेको जस्तो प्रस्तुति देखियो। त्यो केटाकेटी जस्तो देखिने डाक्टर झोक्किँदै भन्छ, अगिनै भनेको होइन सब ठीक हुन्छ भनेर, दिन भर तपाईंको बिरामीको बारेमा रिपोर्ट गर्ने काम होइन मेरो । जानुस माथि वार्डको डाक्टरलाई सोध्नुहोस । विश्वास गरेको डाक्टरको यो तरिकाले यो जवाफ दिँदा उनी सारै विचलित भईन । जुन डाक्टर जस्तो देखिने व्यक्तिको यो स्वभावले आफ्नो श्रीमानलाई भित्र नदेख्ने गरी गरिएको उपचार प्रति सकारात्मक सोच आउन सकेन ।
अब उनी उपचार पद्धति प्रति संका गर्छिन, त्यति मात्र नभई उनी त्यो ठिटो डाक्टरी दर्जा नभएको पनि संका गर्छिन। लाग्ने खर्च गरेर, सात दिन देखिको अन्यौल आफ्नो श्रीमानको अबस्था बारेमा बुझ्न खोज्दा यस्तो जवाफले दिने डाक्टर प्रति उनको विश्वास टुट्यो । उनी आफ्नो हातमा भएको औषधिको पोको बोकेर सीधा आइसियु वार्डमा जान्छिन् र त्यसरी नै त्यो पोको ढोकाको पाले दाइलाई दिन्छिन् । उकालो लागेको उनको रिस बिस्तारै विद्रोहमा परिणत हुँदै गयो । औषधिको पोको दिएको पालेदाइले उनले सोधिन्, औषधि कसलाई र कहाँ दिनु भयो । भित्र नर्सलाई दिए जसरी अघि पछी दिने गर्थे, नानी । ठीक छ, दाई म भित्र जानु परर्यो मेरो श्रीमानलाई के कस्तो छ हेर्नु परर्यो, अनि यत्रो लाखौंको औषधिले के काम गर्दै छ त्यो पनि बुझ्नु परर्यो दाई। अवाक्क पालेदाइ भन्छ, भित्र पठाउने अनुमति त मसँग छैन, बरु म नर्सलाई नै बोलाइदिन्छु नी है नानी । एकैछिनको पर्खाइ पछी पालेदाईले बोलाएको नर्सले भन्छिन्, हजुर कसको के समस्या हो, के भयो, भनुस न हजुर ।
सुरिलो र तिखो नर्सको आवाज सुनेर उनी भन्छिन्, मेंरो श्रीमान् पाँच दिन देखि आइसियु वार्डमा हुनु हुन्छ, मैले भेट्ने या देख्न पाएको छैन, उपचार औषधि किन्दा यता उति गर्दा धेरै खर्च भईसकेको छ । अझै अत्तो पत्तो छैन । म मेरो श्रीमानलाई भेट्न जानु पर्यो, हेर्नु पर्यो के कस्तो अवस्थामा हुनु हुन्छ, मैले जानकारी पाउनु पर्यो । सिस्टर मलाई सबै कुरो को जानकारी चाहियो । मेरो मौन र सोझोपनले मेरो श्रीमान् को उपचार अबस्था नबुझिने रहेछ । त्यसैले सिस्टर मलाई आहिले नै जानकारी चाहियो, उपचारमा के भएको र के हुँदै छ । यस्तै अलि कडा र रवाफिलो स्वरलाई नै सायद विद्रोहको आवाज भनिन्छ, होला । त्यहाँ उनले सम्मान या सम्बोधन गरिनन् ।
अधिकारको कुरो गरिनी । विनय या अनुरोध गरिनन् । उनको टथिलोको आवाज सुनेर, अरु केही नबोली एकै छिन है, भनेर नर्स भित्र गइन् । करिबन दस मिनेट मौनता पछि भित्रबाट त्यो नर्स साहित सबै डाक्टर एकै साथ एकै पटक आइपुगे । त्यो ठिटो डाक्टर, अनि एब्रोन नलगाउने फुच्ची डाक्टर पनि सँगै त्यही हुलमा थिए । अलि विद्रोह आवाजले एकै छिनमा ल्याएको परिवर्तनले उनिमा साहस बढ्यो । मलाई जवाफ चाहियो, भएको के हो, उपचार के हुँदै छ, मेरो श्रीमान्को अवस्था के हो, खर्च अब कति गर्नु पर्छ ? त्यही हुलई लक्षित गरी उनीले सोधिन् । एब्रोन नलगाउने फुच्ची डाक्टरले आफ्नो परिचय दिँदै भनिन, म यो टोलीको प्रमुख, भाइरस विषेशज्ञ हु, तपाईंको श्रीमान् लाई मैले नै हेरेको छु । अरू सहकर्मीको पनि परिचय गराउँदै जान्छिन् ।
त्यो ठिटो जस्तो देखिने चाहिँ नयाँ विद्यार्थी पढ्दै गरेको रहेछ । तपाईंको श्रीमानलाई कोरोना भाइरसले आक्रमण गरेको छ जसको कारणले फोक्सोमा पानी जमेको छ र कडा खालको रुघा लागेको छ । कोरोना भन्ने भाइरस सरुवा भएको हुनेले हामीले कसैलाई पनि भेट्न दिएका छैनौं । उहाँ उच्च हेरचाह मा हुनु हुन्छ । हिजोको रिपोर्ट बाट उहाँको एन्टीबडी क्षमता बडेको पाइयो। सायद भोलि बेलुका बाट कीटाणु नसर्ने अवस्थामा पुग्छ होला । अनि हामी उहाँलाई जेनेरल वार्डमा सार्छौँ । अरू केही बुझ्नु छ । जब सुचना बाट वञ्चित गरिन्छ, सेवामा राज गरिन्छ, सेवक राजा बन्छ तब विद्रोह हुन्छ, डाक्टर । यति कुरो सुरुमै मैले जानकारी माग्दा सूचित गरिएको भए सायद यो विद्रोह आवश्यक थिएन । तपाईंले दिनु भएको जानकारको लागि, धन्यवाद । यति भनेर उनी मुस्कुराइन् ।
तपाइँको प्रतिक्रिया ।