नयाँ बस्ति युवा क्लब गोकर्णेश्वर ५ द्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि हेल्प डेस्क संचालन
कपन अनलाइन
काठमाडौं,बैशाख २६। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको नयां बस्ति युवा क्लबले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभियान थालेको छ । कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि नयां बस्ति युवा क्लबले हेल्प डेस्क संचालनमा ल्याएको हो ।नयाँ भेरीयन्ट कोरोना कोभिड १९ भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ५मा हेल्पडेस्क संचालनमा ल्याएको हो। हेल्प डेस्क मार्फत निशुल्क मास्क र पानी वितरण र बटुवालाई स्यानिटाईज गर्नुको साथै कोरोनाको बिषयमा जनचेतना जगाउने काम समेत गर्दै आएको छ । आवस्यक परेको अवस्थामा स्वयंसेवा तथा अन्य मानवीय सेवा पनि उपलव्ध गराउने क्लबले जानकारी गराएको छ ।उक्त हेल्प डेस्क संचालनको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, पर्ल्स इङ्लिस एकाडेमीका अध्यक्ष केसब सापकोटा लगायतले सहयोग गर्दै आएको नयाबस्ती युबा क्लबका अध्यक्ष राम कुमार तामाङले जानकारी गराए ।
वडा अध्यक्ष नारायण बहादुर सुवेदीले कोभिड महामारीमा केही भएपनि सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ नया बस्ति युवा क्लबले हेल्प डेस्क स्थापना गरेको र सो कार्यमा सहयोग गर्न पाउदा खुसि ब्यक्त गरेका छन् । महमारी नियन्त्रणका लागि सरकारको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैले साथ दिनुपर्ने उनको सुझाव छ। कोरोनो संक्रमित विरामीको संख्या उच्च दरमा बडिरहेकोले वडा अध्यक्ष सुवेदीले आम वडा तथा नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेका छन।