अक्सिजन उत्पादनको लागि सीता प्रोडक्ट प्रा.लि.लाई दक्षिणकाली नगरपालिकाको सहयोग

अक्सिजन उत्पादनको लागि  सीता प्रोडक्ट प्रा.लि.लाई दक्षिणकाली नगरपालिकाको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २५। दक्षिणकाली नगरपालिका भित्र संचालनमा रहेको सीता प्रोडक्ट प्रा.लि.लाई नगरपालिकाले आवश्यक पानीको व्यवस्थापन गर्ने भएको छ ।नयाँ भेरियन्ट सहितको कोरोना माहामारीमा अक्सिजनको अधिक माग बढे अनुसार अक्सिजन उत्पादनमा पानीको खपत ज्यादा हुने भएकाले कम्पनीको आवश्यक्ता अनुसार दक्षिणकाली नगरपालिका  वडा नं. १ र चाल्नाखेल खानेपानी उपभोक्ता समितिको सहकार्यमा सीता प्रोडक्ट प्रा.लि लाई पुर्ण क्षमता अनुसार अक्सिजन उत्पादन गर्न दक्षिणकाली नगरपालिकाले कोभिड अवधी भरको लागी नि:शुल्क खानेपानी उपलब्ध गराएको हो ।

नगर  उप प्रमुख बसन्ती डंगोल तामाङका अनुसार सीता प्रोडक्ट प्रा.लि लाई पुर्ण क्षमता अनुसार अक्सिजन उत्पादन गर्न दक्षिणकाली नगरपालिकाले कोभिड अवधी भरको लागी नि:शुल्क खानेपानी उपलब्ध गराएको  बताइन ।अक्सिजन प्लान्ट प्रोडक्सनलाई पानीको समस्या तथा आवश्यक्ता भएका कारण उनीहरुको आवश्यक्ता र माग अनुसार पानीको व्यवस्था गरिएको र थप  उत्पादनमा सहजता होस् भनेर नगरले सो व्यवस्थापन गर्ने जानकारी गराईन् ।

 

तपाइँको प्रतिक्रिया ।