बल छ रे पानीकाे : भारद्वाज मित्र (बाल गीत )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
सुलुलुलु बगेकी
हेर सानी खाेल्छी
सम्म सम्म पाटाेमा
निदाएकी सुस्तरी
अलिअलि ओराली
रमाएर झर्छिन् रे
खुसी हुँदै ओरालीमा
कुलुकुलु गर्छिन् रे
नाचेनाचे जस्ती छे
गुन्गुन्गुन्गुन् सुसाउँछे
धेरै तल झरेमा
छङछङ गर्छिन् रे
छङछङे नानीकाे
बल छ रे पानीकाे
झिलिमिली बिजुली
काेसेली रे उनैकाे ।
तपाइँको प्रतिक्रिया ।