गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५६३ पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं, बैशाख २४ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २४ गते सम्ममा ३२३ जना पुरुष र २४० जना महिला गरि कुल ५६३जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १६ जना पुरुष र ६ जना महिला गरि कुल २२ जना
वडा नं २ मा २१ जना पुरुष र ९ जना महिला गरि कुल ३० जना
वडा नं३ मा १६ जना पुरुष र ९ जना महिला गरि कुल २५ जना
वडा नं ४ मा ५० जना पुरुष र ४० जना महिला गरि कुल ९० जना
वडा नं ५ मा ६९ जना पुरुष र ३९ जना महिला गरि १०८ जना
वडा नं ६ मा ५४ जना पुरुष र ५० जना महिला गरि १०४ जना
वडा नं ७ मा २५ जना पुरुष र २७ जना महिला गरि कुल ५२ जना
वडा नं ८ मा ५६ जना पुरुष र ४४ जना महिला गरि कुल १०० जना
वडा नं ९ मा १६ जना पुरुष र १६ जना महिला गरि कुल ३२ जना संक्रमित रहेको जनाएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।