टोखा नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

टोखा नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कपन अनलाइन

काठमाडौं, बैशाख १९। टोखा नगरपालिकामा  अत्यावश्यक सेवा बाहेक कार्यलय बन्द रहने सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ । नगर प्रमुख प्रकाश अधिकारीले जारि गरेको सुचनामा   विश्वभर महामारीको रुपमा रहेको कोभिड १९ को संक्रमण टोखा नगरपालिका तथा वडा कार्यालयका जन प्रतिनिधि कर्मचारीहरुलाई समेत देखिएकोले  २०७८ बैशाख ३० गते सम्म नगरपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालय बाट प्रदान हुने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी गराइएको छ ।

साथै जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट जारी आदेशको पूर्ण पालना गर्न, घर बाट ननिस्किन अत्यावश्यक कार्यमा निक्लिनै परे अनिवार्य मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गरि सार्वजनिक स्थलमा दुइ मिटरको दुरी कायम गर्न अनुरोध गरिएको छ भने नियमित रुपमा साबुन पानीले  मिची मिची हात धुन, हात धुने  अवस्था नभएमा अनिवार्य स्यानीटाईजरको प्रयोग गर्न अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।