गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति कोरोना संक्रमित ?

कपन अनलाइन

काठमाडौं, बैशाख १९।  गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख १७ गते सम्ममा  १०० जना पुरुष र ६८ जना महिला गरि कुल १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित :

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ९ जना पुरुष र ४ जना महिला गरि कुल १३ जना संक्रमित रहेका छन

वडा नं २ मा १० जना पुरुष र ३ जना महिला गरि कुल १३ जना संक्रमित

वडा नं३ मा १ जना पुरुष र १ जना महिला गरि कुल २ जना संक्रमित

वडा नं ४ मा १० जना पुरुष र ८ जना महिला गरि कुल १८ जना संक्रमित

वडा  नं ५ मा २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना संक्रमित

वडा नं ६ मा १३ जना पुरुष र १५ जना महिला गरि २८ जना संक्रमित

वडा नं ७ मा ८ जना पुरुष र ११ जना महिला गरि कुल १९ जना संक्रमित

वडा नं   ८ मा १४ जना पुरुष र ५ जना महिला गरि कुल १२ जना संक्रमित

वडा नं९ मा ७ जना पुरुष र ५ जना महिला गरि कुल १२जना संक्रमित   रहेको जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन्  ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।