लुम्बिनी प्रदेश संसदीय दलको निर्णय ,पोखरेलको नेतृत्वमा नयाँ सरकार

लुम्बिनी प्रदेश संसदीय दलको निर्णय ,पोखरेलको नेतृत्वमा नयाँ सरकार

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै  मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए।

तपाइँको प्रतिक्रिया ।