कागेश्वरी मनोहरा नगरपालिकाले एक लाख मास्क वितरण गर्ने
कपन अनलाइन
काठमाडौँ, बैशाख १७ । कागेश्वरी मनोहरा नगरपालिकाले प्रेस बिज्ञप्ति जारि गरेको छ। नगर प्रवक्ता राजाराम पुडासैनी द्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा कागेश्वरी मनोहरा नगर कार्यपालिकाको मिति २०७८ साल बैशाख १५ गते बुधबार नगर प्रमुख कृष्णहरि थापा को अध्यक्षतामा बसेको ६८ औ बैठक बाट भएका निर्णयको जानकारी गराइएको उल्लेख गरिएको छ । बैठकले निम्न निर्णय गरिएको उक्त बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
१) कोभिड केन्द्रित गरि आवश्यक स्वास्थ्य संग सम्बन्धित सामग्री नगर अस्पतालमा मौजुत गर्ने र वडाहरुमा रहेका स्वास्थ्य संस्थालाई परिचालन गर्ने जन शक्तिको व्यवस्थापन सहित दोश्रो खोपलाइ व्यवस्थित गर्ने निर्णय भएको उल्लेख गरिएको छ।२) मास्क प्रयोग अनिवार्य गरौ भने अभिप्राय अनुसार नगरपालिका बाट एक लाख मास्क नगरबासिमा वितरण गर्ने ।३) वडा कार्यालयमा भिडभाड कम गरि अत्यावश्यक सेवा बिहान १० बजे देखि १२ बजे सम्म खोल्ने सो बाहेक अत्यन्त जरुरि सिफारिस भएमा राजश्व लिनु नपर्ने कोभिड संग सम्बन्धित सिफारिस जतिबेला (१० जाने देखि ५ बजे सम्म उपलब्ध गराउने ।
४) आवश्यक देखिएमा वडा स्तरमा बिगत बर्षमा गठन भएको विपद सम्बन्धि समितिले बैठक राखी वडा कार्यालयहरुले नियमन तथा नियन्त्रणको व्यवस्था गर्ने ।५) कोरोना बिरामीलाइ मुलपानी नगर अस्पतालमा उपचार गरे आइसोलेसन बेड/ स्वास्थ्य सेवा नि:शुल्क गर्ने र औषधीमा न्युनतम शुल्क लिइ उपचार गर्ने ।६) जिल्ला प्रशासन कार्यालय काठमाडौंको जारी आदेश बमोजिम गर्न गराउन अनुरोध गर्ने निर्णय समेत भएको जानकारी गराइएको छ। साथै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गर्दै निस्किनै परे अनिवार्य मास्क लगाउन समेत अनुरोध गरिएको छ ।