साँढे जुधाई : दुर्गा रिमाल (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ११।
साँढेहरुको बलको जुधाई
बोका र साँढे किन मिच्छ भाई
सत्ता छ साँढे शिव बाहनै हो
लड्दै सिंगौरी जनसाथ खेल्यो ।
गौरी र गाई जन एक नै हुन्
साँढे जुधाई तब पो सहन्छन्
भर्दैछ घ्याम्पे उदरै खजाना
हो राक्षसी वा कित कंस मामा ।
कुर्सी लडाईं अति जुध्छ साँढे
आलू र मूला हुन एक थाले
आलू र पाँडे गफको निदान
चर्का र चर्की जब नित्य गान ।।
एक्लै छ साँढे वन राज गर्छ
पठा खरायो अति धूर्त मान्छ
नेपाल मेरो मुटु हो भनेको
ऊ मोह सत्तासँगमा भुलेको ।।
साँढे जुधाई जब हाटमा भो
व्यापार राम्रो शुभ साइतै भो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।