बुढानिलकण्ठमा डा.राजन भट्टराई द्वारा तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको  तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास गरेका छन।

करिव तिन लाख लिटर क्षेमताको ट्यांकी निर्माण गर्दै स्थानीय मूल तथा श्रोतको सदुपयोग गर्नका लागि शुरु गरिएको सो आयोजनाको शिलान्यास गर्दै डा. भट्टराईले नगरवासीलाई  खानेपानीको सुविधा उपलव्ध गराउनु नगरपालिकाको प्रथम प्राथमिकता रहेको धारणा राखेका थिए।

बुढानिलकण्ठ नगरपालिकाको तल्लो भेगमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी लाइन विस्तार तिव्र रुपमा भएको बताउदै उनले नगरको माथिल्लो भेगमा स्थानीय मूल तथा श्रोतको उपयोगमा ध्यान दिनुपर्ने धारणा राखेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल , वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा , नगरपालिकाका जनसम्पर्क सल्लाहाकार सुन्दर पुर्कुटी ,नेकपा एमाले काठमाडौं जिल्ला कार्यालय सचिव विदुर विक्रम खड्का , वडा नं १ का सदस्य नबिन श्रेष्ठ ,चण्डिका रैला  , वडा नं २ का सदस्य राजेन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा भएको उक्त शिलान्यास कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कारिव १ दर्जन नेकपा एमाले प्रवेस गरेका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।