किसिगाल ग्वाहाली पुच: गोकर्णेश्वर ४ ले नि:शुल्क स्वास्थ्य शिबिर गर्ने

कपन अनलाइन

काठमाडौं ,बैशाख ८  ।गोकर्णेश्वर नगरपालिका वडा नं ४मा संचालित किसिगाल ग्वाहाली पुच:ले नि:शुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ  । २०७८ साल बैशाख  १२ गते  दोङचा चोक, कृष्ण मन्दिर छेउ किसिगालमा  बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म संचालन हुने उक्त  निशुल्क स्वास्थ्य शिबिरमा जेनेरल मेडिसिन, प्रसुती तथा स्त्रीरोग छाला नाक कान घांटी , छाला तथा यौन रोग, बाल रोग जेनरल सर्जरी, मानसिक तथा नशा रोग ,आँखा परिक्षण , दन्त सेवा  ,न्युरो सर्जरी, किड्नी रोग सम्बन्धि परिक्षण गर्नुको साथै आवश्यक परामर्श समेत दिइने  हुदा  उक्त शिबिरमा सहभागी भई स्वास्थ्य  परिक्षण गर्न  आयोजकले  अनुरोध गरेको छ । किसिगाल ग्वाहाली पुच: संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाइ  मध्यनजर गर्दै नि:शुल्क  स्वास्थ्य शिबिर आयोजना गर्न लागिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।