साँखुमा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी माइ जात्राको तयारी तीब्र
कपन अनलाइन
काठमाडौं ,बैशाख ८ ।शंखरापुर नगरपालिकामा बैशाख १४ गते देखि ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी माइको जात्राको तयारी तिब्र बनाएको साँखुको चलाखु टोल सुधार समितिले जानकारी गराएको छ। समितिले जात्राको तयारी स्वरुप बिभिन्न चरणमा छलफल भेला गर्नुको साथै बज्रयोगिनी जाने बाटो सरसफाई समेत गरिसकेको समितिले जनाएको छ जात्रामा प्रयोग हुने खटका लागि आवश्यक बाँसको साथै धुनी जगाउन आवश्यक काठको समेत बन्दोबस्त गरिसकेको जानकारी गराएको छ ।गत वर्ष कोरोना महामारीको कारण जात्रा स्थगति भए पनि यस पटक भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जात्रा चलाउने तयारी गरिएको छ ।
जात्राको तयारी स्वरुप अहिले दैनिक बाजागाजा अभ्यास गर्न स्थानीय युवाहरु लागि परेका छन् भने समितिले चलाखु टोलमा जात्राको लागि र अघि पछि समेत उज्यालो होस् भनि आवश्यक सडक बत्तिको व्यवस्था गरिसकेको छ ।त्यसै गरि सुरक्षालाइ मध्यनजर गर्दै आवश्यक स्थानमा सिसि क्यामेरा समेत जडान समेत गरिएको छ।हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।उपत्यकाभित्र मनाइने विभिन्न जात्रामध्ये यसलाई प्रमुख जात्राको रुपमा हेर्ने गरिन्छ।