कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडामा कति कोरोना संक्रमित  ?

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडामा कति  कोरोना संक्रमित  ?

कपन अनलाइन 

काठमाडौं, बैशाख ८ । कागेश्वरी मनोहरा नगरपालिकामा  कोभिड १९  को खोप  पश्चात् २०७८ साल  वैशाख ८ गते सम्म  ३५  जनामा संक्रमण पुष्टि भएको  नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन । उनले  कोरोनाको कहर पुन बढ्दै गएको भन्दै  थप सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेका  छन  ।कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना रोकथामका लागि  बिभिन्न कार्यक्रम गर्दै आए पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेको हुँदा   सजगता अपनाउन सबैमा अनुरोध गरेका  हुन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका  कुन वडामा कति संक्रमित : 

१ – कागेश्वरी मनाेहरा वडा नं. ३ मा १ जना ।

२- कनगेश्वरी मनाेहरा वडा नं. ४ मा २ जना ।
३ – कागेश्वरी मनाेहरा वडा नं. ५ मा ५ जना ।
४- कागेश्वरी मनाेहरा वडा नं. ६ मा ७ जना ।
५- कागेश्वरी मनाेहरा वडा नं. ७ मा ५ जना ।
६- कागेश्वरी मनाेहरा वडा नं. ८ मा ३ जना ।
७  – कागेश्वरी मनाेहरा वडा नं. ९ मा १२ जना  गरि कुल संक्रमित ३५ जना पुगेको उनले जानकारी गराएका छन।
तपाइँको प्रतिक्रिया ।