काठमाण्डौ क्षेत्र नं ४ कपनमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपा एमाले काठमाण्डौ -४ को कपन स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ रहेका साविक कपन क्षेत्रका अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि नेकपा एमाले काठमाण्डौका तथा क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्य अध्यक्ष कृष्ण राई रहेका थिए।
समसामयिक राजनीति र संगठन परिचालनका लागि प्रशिक्षण सहित भएको अन्तरक्रिया तथा कार्यकर्ता भेलामा नेकपा एमाले बागमती प्रदेस कमिटीका सचिवालय सदस्य सुन्दर पुर्कुटी,सदस्य तथा बुढानिलकण्ठ प्रमुख उद्दव खरेल,काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकाल,जिल्ला सदस्यहरु बिदुर विक्रम खड्का , लक्ष्मी संग्रौला ,सुशिला सिलवाल , बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई , नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल लगायतको उपस्थिति रहेको थियो।
नेकपा एमाले बुढानिलकण्ठ -१० का अध्यक्ष जगत निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराईले गरेका थिए भने वडा नं १२ का अध्यक्ष शंकर भट्टराईले स्वागत मन्तव्य राखेका थिए।