मासिक १०० अभियान नेपाल द्वारा  खाद्यान्न सहयोग

मासिक १०० अभियान नेपाल द्वारा  खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं, बैशाख ४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित   मासिक १०० अभियान नेपालले शुक्रबार  खाद्यान्न सहयोग गरेको छ ।मासिक सय अभियान नेपालले  काभ्रे जिल्ला पनौती नगरपालिका ४ मा रहेका दृष्टिविहिन बालबालिकाको आवासीय गृह “Real Dream Home “लाई खाद्यान्न सहयोग गरेको हो  ।संस्थामा पुगी  करिब १५ हजार बराबरको खाद्यान्न सहयोग गरेको मासिक सय अभियान नेपालका अध्यक्ष संजय पोखरेलले कपन अनलाइनलाइ जानकारी गराए।  उक्त सामग्री दृष्टिविहिन बालबालिकाको आवासीय गृह “Real Dream Home “का संचालक राजेन्द्र प्रसाद धिताललाइ हस्तान्तरण गरेका थिए।

मासिक सय अभियान नेपाल संस्था २०७३ साल असोज १ गते सुरु भएको हो  तर २०७३ साल चैत ५ गतेदेखि जिल्ला प्रसासन कार्यालय काठमाडौंमा दर्ता गरि संस्थाले बिधिवत् रुपमा परोपकारका काम अगाडि बढाउदै आएको छ  । अभियानकै माध्यमबाट अपाङ्ग, असहाय, अनाथ बालबालिकाहरुका लागि कामहरु  हुँदै आएको छ ।संस्थाको आम्दानीको स्रोत भनेकै सदस्यबाट प्राप्त रकम र जन्मदिनको अवसरमा संस्थालाई सामाजिक व्यक्तित्वहरुले प्रदान गर्दै आएको रकम मात्र हो । मन, बचन र कर्मका साथ मासिक १०० अभियानबाट संकलन भएको सहयोग अनाथ बालबालिका, अपांग असहाय तथा ज्येष्ठ नागरिकहरुका लागि सदुपयोग हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।