सुर्यविनायक नगरपालिका–७ मा नौवटा बाल क्लव गठन

सुर्यविनायक नगरपालिका–७ मा नौवटा बाल क्लव गठन

कपन अनलाइन

भक्तपुर ,चैत्र ३०।

सुर्यविनायक नगरपालिका–७ मा आइतवार टोलस्तरीय नौवटा बाल क्लवको गठन भएको छ ।
वडा स्तरीय बाल अधिकार समिति अन्तरगत गठित क्लवमा नौ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको छ ।
सुर्यविनायक नगरपालिका–७ का अध्यक्ष रविन्द्र सापकोटाले टोलस्तरीय बालक्लवमार्फत टोलका बालबालिकालाई बाल हक÷अधिकार उत्तरदायित्व, जिम्मेवारीलगायत सचेतनाका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
बाल संरक्षण अधिकारी कृष्णजीत माकाजुको समन्वयमा गठित नौ बालक्लवमा संयोजक र सचिव पदमा समावेशी अवधारणा अनुसार बालक र बालिकालाई जिम्मेवारी दिएर अन्य बालबालिकालाई सदस्यका रुपमा समावेश गराइएको छ ।
बालक्लवका संयोजक आसुतोष थापाले बालक्लवमार्फत आफ्नो टोलका सबै बालबालिकालाई स्कुल जान, बालविवाह नगर्न जागरण फैलाउने र आफ्नो अभिभावक तथा बालबालिकालाई आफुले गर्नुपर्ने काम कर्तव्यबारे सम्झाई, बुझाई गर्ने बताउनुभयो ।
शिवा ।
तस्वीर पनि छ ।

तपाइँको प्रतिक्रिया ।