भगवती युवा क्लबको १५ औं बार्षिक उत्सबको अवसरमा आयोजित नगर स्तरीय बिभिन्न खेलकुद प्रतियोगिता उद्घाटन

भगवती युवा क्लबको १५ औं बार्षिक उत्सबको अवसरमा आयोजित नगर स्तरीय बिभिन्न खेलकुद प्रतियोगिता उद्घाटन

कपन अनलाइन

काठमाडौँ,चैत्र २८। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको भगवती युवा क्लबको १५ औं बार्षिक उत्सबको  अवसरमा आयोजित  नगर स्तरीय बिभिन्न खेलकुद प्रतियोगिताहरुको आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ । प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं७ का वडा अध्यक्ष केशब गुरुङ,

जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल,  भगवती युवा क्लबका सल्लाहकार टि. आर नेपाल युनेस्को सदस्य राजकुमार केसी, सुगम वेलफेयरका श्यामराजा गौतम, शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजित, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल , अत्सुतरखेल युवा समाजका अध्यक्ष सुमन लामा, सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) लगायत संस्थाका पदाधिकारी  सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता भगवती युवा क्लबका अध्यक्ष संजय वि.कले गरेका थिए भने कार्यक्रम संचालन संस्थाकी सचिब अस्मिता कारंजित श्रेष्ठले गरेकी थिइन राष्ट्रिय गान संगै शुरुभएको सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर राइले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा भगवती युवा क्लबका पुर्व अध्यक्ष एबम शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजितले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा भगवती युवा क्लबका सल्लाहकार टि. आर नेपाल  यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा भगवती युवा क्लबका सुमन ताम्राकार लगायतले शुभकामना मन्तब्य सहित कार्यक्रम सफलताको कामना गरेका थिए। उनीहरुले नया वर्ष २०७८को शुभकामना ब्यक्त गरेका थिए ।विकास अनुशासन गतिशिलता भन्ने मूल नाराको साथमा आज बाट शुरु भएको सो प्रतियोगिता बैशाख ३ गते सम्म चल्नेछ क्लबले आफ्नो १५ औं बार्षिक उत्सबको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, कराते प्रतियोगिता व्हिल चियर प्रतियोगिता सहित हाफ म्याराथन प्रतियोगिता  संचालन हुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि ।प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले खेल सामग्री आयोजकलाइ हस्तान्तरण गरेका थिए ।कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले आयोजकलाइ धन्यबाद ज्ञापन गर्दै नया वर्ष २०७८को शुभकामना ब्यक्त गरेका थिए । खेलकुदका लागि स्वस्थ्य मन र तन आवश्यक पर्नेमा जोड दिदै सांसद राइले खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणमा तीनै तहका सरकार मिलेर गर्ने बताएका थिए ।  यस्ता प्रतियोगिताहरुले प्रतिभावान खेलाडी पहिचान गर्न सहयोग गर्ने बिश्वास ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।अध्यक्षताको आसन बाट बोल्दै भगवती युवा क्लबका अध्यक्ष संजय वि.कले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।