निजि विद्यालयका शिक्षकहरुलाई कोभिड विरुद्ध खोप लगाउने तयारीमा छौ : मन्त्रि कृष्णगोपाल श्रेष्ठ

निजि विद्यालयका शिक्षकहरुलाई कोभिड विरुद्ध खोप लगाउने तयारीमा छौ : मन्त्रि कृष्णगोपाल श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २४।

नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले अबको चरणमा निजि विद्यालयका शिक्षक शिक्षिकाहरुलाई कोभिड विरुद्धको खोप लगाउने तयारीमा रहेको बताएका छन।

नेसनल प्यावसन काठमाण्डौ महानगर कमिटिको आयोजनामा भएको पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्रि श्रेष्ठले विद्यालयहरु संचालनमा रहेको अवस्था निजि विद्यालयका शिक्षक र संचालकहरुलाई सो खोप निशुल्क उपलव्ध गराउने जानकारी दिएका थिए।

लाखौ विद्यार्थीहरुको सम्पर्कमा रहका निजि विद्यालयहरुमा पठन पाठन गराउने अध्यापकहरुको योगदानको चर्चा गर्दै मन्त्रि श्रेष्ठले २०२८ शालको शिक्षा नीति पनि परिवर्तन गर्न लागिएको खुलाशा गरेका थिए।

चार दशक सम्म एउटा प्रणाली र नीतिमा रहेको नेपालको शिक्षा परिवर्तन आवस्यक रहेको भन्दै उनले  सरोकारवालाको सुझावमा यसका लागि गहन अध्ययन गरिने बताएका थिए।

नेसनल प्याव्सन काठमाण्डौ महानगरपालिका कमिटिको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताका बिजयी विद्यालयहरुलाई पुरस्कार वितरण गर्दै मन्त्रि श्रेष्ठले कोरोना प्रकोपमा सावधानी अपनाएर विद्यालय बन्द हुने वातावरण बन्न नदिने तर्फ सचेत हुनुपर्ने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।