काठमाण्डौ क्षेत्र नं ५ को टुडालदेवी मन्दिर तथा पार्कको निरीक्षणमा उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाण्डौ क्षेत्र नं ५ को टुडालदेवी मन्दिर तथा पार्कको निरीक्षणमा उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाण्डौ क्षेत्र नं ५ को महत्वपूर्ण धार्मिक सम्पदा  टुडालदेवी मन्दिर तथा पार्क निर्माणको निरीक्षण गरेका छन।

काठमाण्डौ क्षेत्र नं ५ को भौतिक पूर्वाधार निर्माण संगै सांस्कृतिक र धार्मिक सम्पदा संरक्षण र प्रवर्धनलाई आफ्नो चुनावी घोषणा पत्रमा प्राथमिकताका साथ उठाएका उपप्रधानमन्त्री पोखरेलले सो अवसरमा मन्दिर निर्माण र पार्कको अवस्थाका वारेमा जानकारी लिएका थिए।

काठमाण्डौ क्षेत्र नं ५ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य नारायण सिलवाल ,काठमाण्डौ महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बिस्ट ,सदस्यहरु धुर्व त्रिपाठी ,दिनेस श्रेष्ठ,नेकपा एमालेका धुर्व थपलिया ,गणेश श्रेष्ठ  सहित सो क्षेत्रमा पुगेका उनले वडा नं ४ का अन्य पूर्वाधार निर्माणका वारेमा पनि जानकारी लिएका थिए।

तपाइँको प्रतिक्रिया ।