नेपाल पत्रकार महासंघ निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरु घोषणा
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेसनका लागि प्रेस चौतारी नेपाल लगायत नौ वटा पत्रकारका सङ्गठनले उम्मेदवार घोषणा गरेका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठन लगायत नौ सङ्गठनको संयुक्त प्यानलको तर्फबाट बाग बजारमा आयोजना गरिएको कार्यक्रममा पत्रकार निर्मला शर्माको नेतृत्वमा पदाधिकारी सहित उम्मेदवार घोषणा गरिएको हो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिएका छन् । यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिएका छन् ।