खुवालुङका वारेमा अनावस्यक भ्रम सिर्जना गरियो : मुख्यमन्त्री शेरधन राई
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राईले सप्तकोशी नदीको त्रिवेणीमा रहेको खुवालुङका बारेमा भ्रम सिर्जना गरिएको बताएका छन।
सरोकारवाला पक्ष र विज्ञ सहितको टोली सहित स्थलगत अध्ययन एवम् अवलोकनमा पुगेका मुख्यमन्त्री राईले खुवालुंग) लाई सार्ने, फुटाउने वा कुनै निर्णय नगरेको बताएका छन।
प्रदेसका धार्मिक एवम् सांस्कृतिक सम्पदा हाम्रा अमूल्य सम्पत्ति रहेको र तिनको संरक्षण र प्रवर्धन सरकारको दायित्व रहेको बताउदै उनले सम्पदाहरु माथि राजनीति नगर्न अनुरोध गरेका छन।
केही समयदेखि अनावश्यक भ्रम सिर्जना गरी मानिसहरुलाई दिग्भ्रमित गर्ने काम भएको देख्दा दुःख लागेको बाताउदै उनले खुवालुंग क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताएका छन।
तपाइँको प्रतिक्रिया ।