तराना महिला विकास समिति गोकर्णेश्वर ५ द्वारा आयोजित ७ दिने उद्घोषण तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,चैत्र १७। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ। तराना महिला विकास समितिको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ५मा चैत्र ९ गते देखि शुरु भएको तालिम चैत्र १६ गते सम्पन्न भएको हो। तराना महिला विकास समितिका अध्यक्ष बसन्ती लामाको अध्यक्षतामा सम्पन्न उक्त तालिम समापन सत्रकी प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल रहेकी थिइन् भने कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्यहरु क्रमश दुर्गा फुयाल तिम्सिना, लिलामणि खतिवडा, मुकुन्द फुयाल लगायत सहभागी प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षकको रुपमा भिम लामाले सहजीकरण गरेका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सके मात्र जिवनमा परिवर्तन आउने बताएकी थिइन ।तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए । तालिममा सहभागीहरुले छोटो समयमा आफुहरुले धेरै कुरा सिक्न पाएको भन्दै आयोजक र प्रशिक्षक लाइ आभार प्रकट गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्यहरु क्रमश दुर्गा फुयाल तिम्सिना, लिलामणि खतिवडा, मुकुन्द फुयाल लगायतले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए । तालिममा करिब ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।समापन कार्यक्रमका अध्यक्ष तराना महिला विकास समितिका अध्यक्ष बसन्ती लामाले छोटो सुचनामा तालिममा सहभागी भएर सोचे भन्दा राम्रो गरेको भन्दै सहभागीहरु लाई तालिमले भोक जगाउने काम गरेको बताइन उनले सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन ।