Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/164150074_873898089854089_8861451486320807129_n-e1616982115777.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

संस्कृति प्रवर्धनमा बुढानिलकण्ठ -१० का युवा , होलीको दिन चुनिखेलको नाट्यश्वरी मन्दिरमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० साप्रेढुंगाका युवाहरुले  होलीको अवसरमा होलीको दिन धिमे बाजा सहित  चुनिखेलको नाट्यश्वरी मन्दिरमा पुगेर पुजा  गरेका छन।

वडा नं १० को पुरानो बस्ति मध्येको एक साप्रेढुंगामा स्थापना भएको भैरव गुठी संरक्षण समितिले हरेक वर्ष फागु पुर्णिमाका दिन बाजागाजा सहित स्थानीय युवा युवतीको उत्साहप्रद सहभागितामा वडा नं १३ चुनिखेलमा रहेको नाट्यश्वरी मन्दिरमा पुगेर बलि सहित पुजाआजा गर्ने गरेको छ।

वडा नं १० मा रहेका युवाहरुले मौलिक परम्परा र संस्कृति संरक्षणको पहल गरेकोमा खुसि व्यक्त गर्दै वडा नं १० का अध्यक्ष नवराज भट्टराईले यस्ता पहलहरुलाई वडाले सधै सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेका छन।

२०७४ शालको स्थानीय निर्वाचन पश्चात लामो समय देखि उक्त क्षेत्रको परम्परा तथा संस्कृति संरक्षणका लागि युवाहरुलाई मौलिक बाजाहरुको नियमित प्रशिक्षण र उपयोगकाका लागि भैरव धिमे खल : स्थापना गरिएको वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।