नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को कार्यालयमा बोर्ड राखियो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १४ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी काठमाण्डौ क्षेत्र नं ४ को कार्यालयमा बोर्ड राखिएको छ। काठमाण्डौ महानगरपालिका वाद नं ७ गणेशस्थानमा रहेको कार्यालयमा क्षेत्र नं ४ का १२ वटै शाखा कमिटीका नेता तथा कार्यकर्ताको उपस्थितिमा बोर्ड राखिएको थियो ।

नेकपा एमाले बागमती प्रदेस कमिटीक सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाक अप्रमुख उद्दव खरेल ,प्रदेस कमिटी सदस्य सुन्दर पुर्कुटी , जिल्ला कमिटी सदस्यहरु संगम गहतराज ,मिठाराम अधिकारी ,लक्ष्मी संग्रौला , सरस्वति कार्की ,इश्वरमान कपाली ,बिदुर विक्रम खडका,भरत कार्की , सुशिला सिलवाल लगायतको उपस्थितिमा काठमाण्डौ क्षेत्र नं ४ को कार्यालयमा बोर्ड राखिएको थियो।

कार्यालय व्यवस्थापन पश्चात काठमाण्डौ कक्षेत्र नं ५४ का १२ वटै वडामा संगठन विस्तार र जनपरिचालनको अभियान संचालन गर्ने जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकालले जानकारी दिएका छन।

काठमाण्डौ क्षेत्र नं ४ का नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको समन्वय गर्दै क्षेत्रमा भएका काम र आगामी दिनमा अझै जनमुखी काम गर्नका लागि पार्टी परिचालन गर्ने बताउदै ढकालले नियमित रुपमा कार्यालय संचालनको तयारी गरिएको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।