रिलायन्स कलेज मोडल युनाइटेड नेसन ( ReCoMUN) २०२१ सम्पन्न
कपन अनलाइन
काठमाडौं ,चैत्र ९ ।रिलायन्स कलेज चाबहिल सरस्वति नगर द्वारा आयोजित रिलायन्स कलेज मोडल युनाइटेड नेसन ( ReCoMUN) २०२१ सम्पन्न भएको छ ।विद्यार्थिहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले चाबहिल स्थित के एल टावरको इम्पेरीयल ब्यन्केटमा फागुन ६ गते शुक्रबार बाट शुरु भएको सो कार्यक्रम फागुन ८ गते आइतबार सम्पन्न भएको हो ।
संयुक्त राष्ट्रसंघले सन २०३० सम्म प्राप्ति गर्नेगरी निर्धारण गरेको लक्ष्यहरु र तिनको दिगो बिकासका निम्ति विद्यालय, कलेज र विश्व विद्यालय तह देखिनै चेतना विस्तार गर्ने तथा जिम्मेवार र जवाफदेही जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको छ । सोही अनुरुप गरिएको सो सम्मेलनको उदेश्य पनि सोही मुताविक रहेको जानकारी गराइएको थियो ।विभिन्न आठवटा समुहका समुहगत छलफल, प्रतिवेदन निर्माण तथा प्रस्तुतिकरण लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समाबेश गरिएको चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका सहायक प्राचार्य नन्दुप्रसाद कुशवाहा, रिलायन्स कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख गोबिन्ध ढकाल लगायत विभिन्न स्कुलका प्रिस्निपल शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता रिलायन्स नेटवर्कका कार्यकारी अध्यक्ष एवं प्रिन्सिपल रबिन्द्रजंग थापाले गरेका थिए भने कार्यक्रम संचालन शिक्षक दिलिप पौडेलले गरेका थिए ।
संयुक्त राष्ट्रसंघले निर्धारण गरेको लक्ष्यहरु जुन सन २०३० सम्म प्राप्ति गर्ने र त्यो प्राप्त लक्ष्यहरुको दिगो विकासको निम्ति बिद्यालय कलेज र विश्व बिध्यालय तह देखि नै चेतना विस्तार गरि जिम्मेवार र जवाफदेहि जन शक्ति उत्पादन गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको संरचनामा बिभिन्न समितिहरु तयार गरिन्छ तर ReCoMUNमा आठ वटा समितिहरु गठन गरि सो समितिका सहभागी सदस्यहरुले बिभिन्न देशका प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने गरि तत् तत् देशमा बिध्यमान समस्याहरु बिषयगत छलफलमा प्रस्तुत गरि अन्त्यमा साझा सहमति तयार गरि निर्णय गराउने कार्य त्यस समितिका अध्यक्ष र सह अध्यक्ष हरुले गरेका थिए । बिभिन्न आठ वटै समितिहरुले मुद्दा बिषय र समस्याहरु प्रति छलफल, प्रतिबेदन निर्माण र प्रस्तुतीकरण मार्फत उत्कृष्ट समितिलाइ समापन सत्रका प्रमुख अतिथि बिशेष अतिथिहरुले पुरस्कृत गरेका थिए ।
तीन चरणमा भएको सो कार्यक्रमको शुक्रबार उद्घाटन सत्र के एल टावरको इम्पेरीयल हलमा भएको थियो भने शनिबार चाबहिल सरस्वतीनगर स्थित रिलायन्स कलेजमा बिभिन्न आठ वटै समितिहरुले मुद्दा बिषय र समस्याहरु प्रति छलफल, प्रतिबेदन निर्माण र प्रस्तुतीकरण गरिएको थियो भने ८ गते आइतबार केएल टावरको इम्पेरीयल ब्यान्केटमा बिभिन्न आठ वटै समितिहरुले मुद्दा बिषय र समस्याहरु प्रति छलफल, प्रतिबेदन निर्माण र प्रस्तुतीकरण मार्फत उत्कृष्ट समितिलाइ समापन सत्रका प्रमुख अतिथि बिशेष अतिथिहरुले पुरस्कृत गरेका थिए।
समापन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटीले कलेजले नमुना कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गर्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा नेतृत्व विकास गराउन सहयोग पुग्ने बताएका थिए ।कार्यक्रममा रिलायन्स कलेज मोडल युनाइटेड नेसन ( ReCoMUN) २०२१ कि महासचिब बिभुषा खड्काले धन्यबाद ज्ञापन गरेकी थिइन ।अध्यक्षताको आसन बाट बोल्दै रिलायन्स नेटवर्कका कार्यकारी अध्यक्ष एवं प्रीन्सिपल रबिन्द्रजंग थापाले उपस्थित सबैलाई धन्यबाद दिदै ।विद्यार्थिहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्व भाइचारा सम्बन्ध विकास गर्न र अन्तर्राष्ट्रिय अभ्यासको बारेमा जानकारी लिन समेत यस्ता कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाइ निरन्तरता दिने बताएका थिए ।