नेकपा(एमाले) को संशोधित विधान पारित
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ७।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको संशोधित विधान पारित गरेको छ।
शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो।
बैठकले सोही विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिएका छन ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०७२ लाई आवश्यक र समायअनुकूल परिमार्जन गर्दै प्रस्ताव आज बसेको संसदीय दलको बैठकमा प्रस्तुत गर्यो। र त्यो प्रस्तावलाई करिब १० जना सासंदले संशोधनका मन्तव्य राख्नुभयो। त्यसपछि संशोधनसहित यो विधान पास भएको छ,’ बैठकपछि पत्रकारहरूसँग भट्टराईले भने।
तपाइँको प्रतिक्रिया ।