कागेश्वरी मनोहरा नगरपालिकामा २ हजार २ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाए

कागेश्वरी मनोहरा नगरपालिकामा २ हजार २ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाए

कपन अनलाइन

काठमाडौं, चैत्र  ४। कागेश्वरी मनोहरा नगरपालिकामा चैत्र ३ गते  १५० जनाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन। नगरपालिकाले तीन वटा  केन्द्र बाट कोरोना भाइरस बिरुद्दको खोप लगाउने व्यवस्था मिलाएको  थियो  ।

कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट स्वास्थ्य केन्द्र बाट चैत्र ३ गते ५० जनाले खोप लगाए भने मुलपानी नगर अस्पताल बाट ६० जना र गोठाटार स्वास्थ्य केन्द्रमा ४० जना गरि कुल १५० जनाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन।उनका अनुसार २०७७ साल फागुन २३ गते  देखि चैत्र ३ गते सम्म २ हजार २ सय २८ जनाले  कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएको जानकारी दिदै खोप अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।