नेपाल-पाकिस्तान फेन्डसिप क्रिकेट सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत्र २।

नेपाल पाकिस्तान फ्रेन्डसिप टि(ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।पाकिस्तान दुताबासले आयोजना गरेको छैटौं संस्करणको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।
धुम्बाराहीस्थित पाकिस्तान दुताबासको मैदानमा भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागीता रहेको थियो । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतियोगिता संंचालन गरिएको थियो ।
छैटौं संस्करणको प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेटले एन्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गरेको थियो । विजेता र उपविजेता टोलीलाई राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले मेडल प्रदान गरेका थिए ।
कार्यक्रमको समापन नेपालका लागि पाकिस्तान राजदूत शैयद हैदर शाले गरेका थिए । समापन कार्यक्रममा मुख्य अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अतिथीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए ।खेल समापनमा बोल्दै राजदूत हैदरले आगामी दिनमा यस्ता प्रतियोगिता संचालन गरिरहने बताए ।
दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आईरहेको छ ।  समापन अवसरमा उसले सहभागी टोली, अफिसियल लगायतालाई करिब २० हजार बराबरको उपहार बाडेको थियो ।

तपाइँको प्रतिक्रिया ।