फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
कपन अनलाइन
काठमाडौं ,फागुन १७।
मन्त्रिपरिषदको आज बसेको बैठकले संसद् अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको छ । सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
यसअघिको मन्त्रिपरिषद बैठकमा २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गरेको छ ।
सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
तपाइँको प्रतिक्रिया ।