चांपाबोट मा. बि शंखरापुर १ को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं फागुन १६ ।शंखरापुर नगरपालिका वडा नं १ स्थित चापाबोट मा. बि को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ|चाँपाबोट मा. बि व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाको अध्यक्षतामा सम्पन्न उक्त्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा शंखरापुर नगरपालिकाकाको उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल , शंखरापुर नगर शिक्षा इकाई प्रमुख बौद्धराज निरौला, बिधालयका पूर्व प्रधानाध्यापक, पूर्व बिधालय व्यवस्थापन समितिका पदाधिकारि जनप्रतिनिधि पूर्व बिद्यार्थी,स्थानीय समाजसेवी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रम संचालन शिक्षक सानु कान्छा तामांगले गरेका थिए ।
बि.स २०३८ सालमा स्थापना भएको चापाबोट माध्यामिक बिधालय यस क्षेत्रकै अग्रणी मध्यको एक हो| विभिन्न रास्ट्रीय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको सो कार्यक्रममा उक्त बिधालयका बिधार्थीहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए| सो अवसरमा बिधालयका संस्थापक अध्यक्ष जदुनाथ श्रेष्ठ,विधालयका पुर्वप्रअहरु,कृष्ण प्रसाद नेपाल, डोल प्रसाद लामिछाने, भरतमणि ढुंगाना, भानुचन्द्र जोशी तथा गोपीनाथ श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।सो अवसरमा बिधालयको अक्षयकोष निर्माणका लागि पुर्व शिक्षक दयालक्ष्मी श्रेष्ठले एक लाख ५१ को चेक सोहि विधालयका प्रधानाध्यापक विष्णुलाल कट्टवालालाई हस्तान्तरण गरिएको थियो।
त्यसैगरी उक्त विधालयका पुर्ब बिधार्थी मणिराज ढकालले समेत बिधालयलाई आर्थिक सहयोग गरेका थिए |कार्यक्रममा प्रमुख अतिथि शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बिधालयको इतिहासमै पहिलो पटक प्रकाशन गरेको “अंकुर” नामक स्मारिकाको बिमोचन समेत गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले यस बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले सधै सहयोग गर्ने बताएका थिए । उनले शिक्षा भनेकै हाम्रो आँखा हो ,शिक्षा बिना कुनै पनि काम अगाडी बढाउन नसक्ने भएकाले शिक्षालाई जोड दिनुपर्ने बताउंदै ,’ शिक्षकहरु इमान्दार भैदिनु पर्यो, शिक्षकहरु समय मै विद्यालय आइदिनुपर्यो, तपाईंहरुले हाम्रा साना कलिला बाबुनानीहरुलाई गुणस्तर शिक्षा दिनुपर्यो।उनले भने ‘ अब आउने नगर सभामा विद्यालयलाई बजेटको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।
बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शंखरापूर नगरपालिकाका उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले विद्यालयले धेरै भन्दा धेरै विद्यार्थी भाई बहिनीहरुलाई समेट्न र कर्णधार बनाउन सकोस भनेर शुभकामना ब्यक्त गर्दै आगामी दिनमा विद्यालयले भाषा मात्र होइन व्यवसायिक शिक्षाको लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिईन । अभिभावकहरुले भाषालाई प्राथमिकता दिएर प्राइभेट स्कुलमा पठाउने गरेको भन्दै उनले व्यवसायिक शिक्षामा जोड दिदै यहि ठाउँमा टिक्न सक्ने शिक्षा प्रदान गर्न सक्यौं भने यहि ठाउँमा केहि गर्न सकिने उनको भनाइ रहेको थियो।
सोहि कार्यक्रममा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स जोरपाटी शाखाले ६ हजार ५ सय रुपैंयाको चेक शाखा प्रमुख राज कुमार दुलालद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामालाई हस्तान्तरण गरेका थिए । इन्स्योरेन्सले १५ प्रतिसत कर कट्टा गरी सो रकम सहयोग गरेको हो।त्यस्तै कार्यक्रमलाई अझै रोमान्चक बनाउनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा कमेडी च्याम्पियनका फ्रष्ट रनर अप चर्चित हास्य व्यंग्य कलाकार खड्गबहादुर पुन (खबपु),गायक भिमसेन खतिवडा, गायिका राधिका ढकाल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।