चार मुक्तकहरु : गंगा लिगल
कपन अनलाइन
काठमाडौं ,फागुन १५ ।
सगरमाथा गरिमा हो हामी नेपालीको
यो त ठुलो महिमा हो हामी नेपालीको
यसको शिर सदा उठाऔँ भरोसा दिई
किनकी यो त पुर्णिमा हो हामी नेपालीको ।
सौन्दर्य अत्यन्त क्षणिक हुन्छ संसारमा
यसको राग अतिमार्मिक हुन्छ संसारमा
अनिख्याती पाइन्छ मूल्य र मान्यताबाट
यसैबाट कीर्ति अलौकिक हुन्छ संसारमा ।
सुर्यको प्रथम किरण छ नेपालमा
हिमालको चिसो चरण छ नेपालमा
तपस्याको महान स्थल यो मातृभुमी
साच्चै नै यो गौरवीकरण छ नेपालमा ।
सधै यहाँ सुखै सुख खोजेर कहाँ पाइन्छ र ?
सधै मिठै मिठो खान रोजेर कहाँ पाइन्छ र ?
भोगेर हेर्नुपर्छ संसारमा दुःखलाई पनि
सधैँ मखमली सै्यया खोजेर कहाँ पाइन्छ र ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।