प्रकृति : आर्या मानन्धर (कविता )

प्रकृति : आर्या मानन्धर (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन १५ ।

आकाशनि लो हेरेर मन आनन्द भएछ
चरी चिरबिर चिरबिर गरी रुखमा बसेछ
सेतो बादल हेरेर त्यसले यो दिल रसायो
जसरी हेरे नि प्रकृतिलाई सुन्दर देखायो ।

सबै जङ्गलजन्तुले भरी घर हो तिनैको
रात र दिनत्यही नै बसी जीवन बिताको
जातजाति धेरै प्रकार धेरै सुन्दर प्राणीका
आउँछन् हेर्न मानिस यहाँ संसारभरिका ।

रङ्गी र चङ्गी फूलका बाग हेरेर रमाई
मानव मात्र होइनन् यहाँपशु नि रमाई
खोलाको पानी धेरै नै राम्रो बग्दछ सलल
बेग्लै छ बनोट यो प्रकृतिको मन नै झलल ।

प्रकृतिद्वारा बनेका कुरा हेरेर रमौँ न
यो दिव्य संसारलाई सबैले समाली राखौँ न
अब छ पालो हाम्रो है साथी प्रकृति बचाउन
यस्तो गरेमा प्रकृति बन्छ जहिल्यै उर्बर ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।