गजल : कृष्णप्रसाद अधिकारी
कपन अनलाइन
काठमाडौं ,फागुन १५ ।
भइछाड्यो जिन्दगीमा आखिर जे–जे हुनु थियो
जलाइदियौ जल्न बाँकी मनको एउटै कुनु थियो
यति ठूलो संसारमा कोही आफ्नो छैन मेरो
हजारौँको भीडमा पनि एक्लो भई रुनु थियो
कति पीडा भयो मलाई तिमीले छाडी गएपछि
मनकापिर–व्यथा सबै आँसु बगाई धुनु थियो
विश्वामित्र जस्तै आफ्नो लक्ष्य प्राप्तगर्न खोज्दा
मेनका भई बिथोल्नलाई तिमीले यो मन छुनु थियो।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।