प्रतिनिधिसभा पुनः स्थापना गरेको खुशियालीमा बुढानिलकण्ठमा दिप प्रज्वलन

कपन अनलाइन
काठमाडौं, फागुन १३।

फागुन  ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा  पुनः स्थापना गरेको खुशियालीमा बुढानिलकण्ठमा दिप प्रज्वलन गरिएको छ ।जिल्ला कमिटी सचिवालय सदस्य एव वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , नगर कमिटीका अध्यक्ष रबिन अधिकारी लगायतको उपस्थितिमा बुढानिलकण्ठमा दिप प्रज्वलन गरिएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ३ को बसपार्कमा भएको दिप प्रज्वलनमा  नगरपालिकाका विभिन्न वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

तपाइँको प्रतिक्रिया ।