नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ६ को संयोजकमा विश्वनाथ लामिछाने

कपन अनलाइन

काठमाडौं ,फागुन ११।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ६ मा  संयोजकको जिम्मेवारी  विश्वनाथ लामिछानेले प्राप्त गरेका छन। नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक चयन गरेको थियो।

तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थली बस्दै आएका लामिछानेले साविक धर्मस्थली गाउँ पार्टी कमिटिको सचिव ,इलाका कमिटी सदस्य हुदै काठमाडौं जिल्ला कमिटी सदस्य बनेका थिए।

करिव ४ दशक रास्ट्र सेवामा बिताएका उनले कर्मचारी संगठनको प्रतिनिधि बनेर पेशागत संगठनमा सक्रिय रहेका लामिछानेले काठमाडौं महानगरपालिका ,टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका विभिन्न वडाहरुको संगठनको नेतृत्व गर्नेछन।

 

 

तपाइँको प्रतिक्रिया ।